×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक हुने पक्का, भोलि हुँदैछ सम्झौता !

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक हुने पक्का, भोलि हुँदैछ सम्झौता !

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । यी दुई बैंकबीच जेठ २७ गते शुक्रबार मर्जरसम्वन्धी सम्झौता हुने भएको हो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबारमा आउने भएको छ ।

हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाडिएपछि कोहिसँग मर्जरमा जानैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई जोडीको रुपमा रोजेको छ । झन्डै १५ दिन भएको व्यापक छलफल पछि अन्ततस् मेगा र इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहने भएका छन् । मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर हुनेगरी मर्जर सम्झौता हुन लागेको हो ।

इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ । इन्भेष्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय हुने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: