×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै, अब कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै, अब कसको कति ?

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन हुने भएको छ । जसमा कम्पनीको थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुने भएको छ ।

हाल कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम रहेको छ । यता कम्पनीले आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा सूचना प्रकाशित भएको ७ दिनभित्र लिखित जानकारी गराउन पनि संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ ।

सो अवधि भित्रमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धी जानकारी प्राप्त नभए प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा रुपान्तरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत चैत २१ गते सम्पन्न साधारण सभाले पनि सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पारित गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी