×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल हुने

Artha Sarokar

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आज सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज बिक्री गर्न लागेको ट्रेजरीमध्ये ५ अर्ब ट्रेजरी बिल भने नयाँ निष्कासन हो । र १६ अर्ब ९ करोड रुपैयाँ बराबरको यसअघि जारी ट्रेजरी बिलको समय सकिएकाले नवीकरण गर्न लागिएको हो ।

केन्द्रीय बैंकले सरकारलाई उठाने आन्तरिक प्रयोजनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार जारी गर्न लागेको ट्रेजरी बिलमध्ये ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको, १० अर्बको १८२ दिन अवधिको र ६ अर्ब ८३ करोड रुपैयाँ ३६४ दिन अवधिको गरी कुल २१ अर्ब ९ करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल आगामी भदौ २१ गते, १८२ दिने ट्रेजरी बिल आगामी मंसिर २० र ३६४ दिने ट्रेजरी बिल २०८० साल जेठ २३ गते परिपक्व हुने भएको छ ।

ट्रेजरीको बोलकबोल सोमबार दिउँसो ३ बजेभित्र अनलाइन मार्फत गर्न सकिने भएको छ । यसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका साथै गैर-बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछ । यसअघि राष्ट्र बैंकले जेठ १६ गते २३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गरेको थियो । सो अवधिमा २८ दिने अवधिको २ अर्बको ट्रेजरी बिलको औषत बट्टादर (डिस्काउन्ट रेड) ८.१७८७, ९१ दिने अवधिको ३ अर्ब १३ करोडको ट्रेजरी बिलको औषत बट्टादर ९.३४२०, १८२ दिने अवधिको ६ अर्बको ट्रेजरी बिलको औषत बट्टादर १०.१३२८, र ३६४ दिने अवधिको १२ अर्बको ट्रेजरी बिलको औषत बट्टादर १०.११६२ निर्धारण भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी