×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआई बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

यस ऋणपत्रमा वार्षिक ९.२५ प्रतिशत ब्याजदर पाइने कम्पनीले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यपिटल रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: