काठमाडौं । सेयर बजार असार १ गतेदेखि ६ दिन कारोबार हुने भएको छ । धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक विदा हटाउने निर्णय गरेसँगै ६ दिननै कारोबार सञ्चालन गर्ने भएको हो ।
नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले अहिलेनै निर्णय भैनसकेको भएपनि प्राविधिक कठिनाई नहुने अवस्था आए ६ दिननै बजार खुल्ने जानकारी दिएका हुन् । कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः३० बजेसम्म तय गर्ने छलफल भएको कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले बताएका छन् ।
सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीबारसम्म चार कारोबार दिन सञ्चालन हुदैं आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुदैं आएको हो । आइतवारको सार्वजनिक हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्मनै बजार खुला गर्ने तयारी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्