×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA
GLOBAL IME BANK

एनआइसी एशिया लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआइसी एशिया लघुवित्तकोे संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको एनआइसी एशिया लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले जेठ १८ गतेबाट लघुवित्तको ५० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमा लगानीकर्ताले ४२५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सबै कम्पनीको सेयरमा न्यूनतम २५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: