×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिलक कोइरालाको पाटन अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदै, स्वास्थअवस्था चिन्ताजनक !

काठमाडौँ । सेयर बजार सुधारका लागि विभिन्न १९ बुंदे माग राख्दै आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्यस्थितिमा गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ । उनलाई अहिले अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार सुरु गरिएको छ ।

कोइरालाको पल्स लेभल जिरो देखिएको छ भने सुगर लो देखिएको चिकित्सकहरुले जनाएका छन् । यस्तै उनको सुगरसमेत सार्है नै लो देखिएको छ भने ब्लड प्रेसर पनि निकै लो देखिएको छ । उनलाई स्वासप्रश्वासको समेत समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

बिगत ९ दिनदेखि आमरण अनशनमा बसेका कोइरालाको माग सम्बोधनका लागि खासै गतिलो पहल नहुँदा कुनै पनि खालको दुर्घटना हुनसक्ने भन्दै अहिले लगानीकर्ताहरु चिन्तित बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: