×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिन विदा गर्ने निर्णयसँगै घट्यो पेट्रोलियम पदार्थको खपत !

PRIME CA
GLOBAL IME BANK

दुई दिन विदा गर्ने निर्णयसँगै घट्यो पेट्रोलियम पदार्थको खपत !

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले हप्तामा दुई दिन विदा गर्ने निर्णयसँगै पेट्रोलियम पदार्थको खपत घटेको नेपाल आयल निगमले जानकारी दिएको छ । नेपाल आयल निगमले सरकारले आइतबार पनि विदा दिएकोले जेठ महिनामा पेट्रोलियम पदार्थको खपत घटेको जानकारी दिएको हो । सरकारले गत जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको खपत उच्च भएको भन्दै सरकारले सो निर्णय गरेको थियो ।

निगमकाअनुसार वैशाख महिनाको २२ गतेसम्ममा ४७ हजार ८५० किलोलिटर पेट्रोल खपत भएको थियो । तर अहिले जेठ महिनाको २२ गतेसम्ममा ३९ हजार ४५० किलोलिटर मात्रै पेट्रोल खपत भएको छ । जसमा ८ हजार ४ सय किलोलिटर अथवा १७.५५ प्रतिशतले पेट्रोल खपत कम भएको छ ।

त्यसैगरी वैशाखको २२ गतेसम्ममा १ लाख ८ हजार ४९३ किलोलिटर डिजेल खपत भएको छ भने सोही अवधिको जेठमा ८८ हजार ५ सय ४८ किलोलिटर डिजेल खपत भएको छ । जसमा दुई दिन विदाको व्यवस्थाले १९ हजार ९४५ किलोलिटर अथवा १८.३८ प्रतिशतले खपत कम निगमले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: