×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका अधिकारीसहित बाणिज्य बैंकका सीइओहरुको टोली पोखरा जाँदै, ‘गुड फ्राईडे’मा डिजिटल करेन्सीबारे छलफल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकका अधिकारीसहित बाणिज्य बैंकका सीइओहरुको टोली पोखरा जाँदै, ‘गुड फ्राईडे’मा डिजिटल करेन्सीबारे छलफल !

काठमाडौँ । असार १७ गते अर्थात शुक्रबार बाणिज्य बैंकका सीइओहरु डिजिटल करेन्सी र मौद्रीक नीतिबारे छलफल गर्न पोखरा जाने भएका छन् । सो टोलीमा राष्ट्र बैंकका अधिकारीहरु पनि छन् । मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहिरहँदा यसरी बैंकका सीइओहरुलाई पहिलोपटक पोखरा बोलाईएको हो ।
नेपाल बैकर्स एसोसिएसनले आयोजना गर्न लागेको कार्यक्रममा सिभिल बैंक सुनील पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ भने त्यसका अलवा मौद्रिक नीतिका बारेमासमेत छलफल हुने बैंकरहरुको भनाई छ ।
‘डिजिटल करेन्सीका बारे कार्यक्रम भएकाले सबैजना पोखरा जान लागेका हौँ ।’ बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले भने- ‘हामी सबै बाणिज्य बैंकका सीइओ र राष्ट्र बैंकको टोली सो कार्यक्रममा हुनेछ।’
यता बाणिज्य बैंकका सीइओहरुले भने कार्यक्रम पनि भएको र मोफसलमा अहिलेसम्म सबै मिलेर नगएकाले सबैका लागि रमाइलो अनुभव पनि हुने बताएका छन् । ‘हामी पोखरा जाने कुरा पनि त्यति ठुलो न्युज बन्नुपर्छ जस्तो मलाई लाग्दैन ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने- ‘डिजिटल करेन्सीसम्बन्धि कार्यक्रम पनि छ, मौद्रिक नीतिबारे छलफल त हुने नै भयो, अव धेरै साथीहरु मर्जरका विषयमा पनि कुरा गर्लान् । जे होस्, रमाइलो हुन्छ त्यहि हो।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: