×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने, एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने

अर्थ सरोकार

प्रकाशित मिति : १२ असार २०७९, आईतवार

PRIME CA

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने, एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर हुने भएका छन् । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि यि दुई कम्पनी एक आपसमा मर्जर हुने भएका हुन् । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका छन् ।

दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको महालक्ष्मी लाइफको चुक्ता पुँजि छिट्टै तीन अर्बभन्दा माथि हुनेछ ।

मर्जरमा जाँदा पुँजिका कारण प्रभु लाइफलाई महालक्ष्मी लाइफले डोमिनेट गर्नेछ भने आईपिओ जारी नभएको कम्पनीले कसरी मर्जरमा जाने भन्ने अर्को कानुनी समस्या समेत उत्पन्न हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: