×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महालक्ष्मी र प्रभुको कुरो मिल्यो’, केहि दिनभित्र सम्झौता !

PRIME CA

‘महालक्ष्मी र प्रभुको कुरो मिल्यो’, केहि दिनभित्र सम्झौता !

अर्थ सरोकार

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

काठमाडौँ । पूँजी बढाउनुपर्ने बाध्यता र बीमा समितिको चर्को दबाबका बीच अहिले विभिन्न जीवन बीमा कम्पनीहरु मर्जरका लागि छलफलमा छन् । कतिपय बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेर डिडिएसमेत गरिसकेको अवस्थामा थप कम्पनीहरुलाई यथाशीघ्र मर्जर सम्झौता गर्न दबाबसमेत परेको छ । यसैबीच महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच केहि दिनभित्र सम्झौता हुनेगरी कुरा अगाडी बढेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएपनि राम्रो पर्फर्मेन्स भएको कम्पनी हो भने प्रभु लाइफ इन्स्योरेन्स ‘विवादित’ बीमा कम्पनीहरुमध्येको एक कम्पनी हो ।
केहि समय अगाडी बीमा रकमकै लागि बाबुले छोरी मारेको घटनासँगै यो कम्पनी चरम विवादमा आएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले कमान सम्हालेको यो कम्पनीमा उनी कार्यकाल नै पूरा नभई निस्किएका थिए । अहिले नेपाल लाइफमा ‘काम नै गर्न नसकेको’ बात लागेका सन्तोष प्रसाई कम्पनीमा सीइओ भएर आएका छन् । उनी मर्जरपछि डेपुटी सीइओ हुनेगरी छलफल अगाडी बढाइएको छ।
नाम, सीइओ, र अध्यक्षको पनि लगभग टुंगो !
प्रभु लाइफका एक संचालकले दिएको जानकारी अनुसार दुई कम्पनीको मर्जरपछि बन्ने नयाँ कम्पनीमा रमेश कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत हुने सहमति छ । प्रभुका सीइओ सन्तोष प्रसाई कम्पनीको डेपुटी सीइओ हुनेछन् । मर्जरको स्वाप रेसियो भने डिडिएपछि मात्र सार्वजनिक गर्ने सहमति दुवै पक्षबीच भएको छ । यद्यपी यी दुवै कम्पनी १:१ स्वाप रेसियोमा जाने सैद्धान्तिक सहमति छ । ‘पूरानो अनुभव भएका सीइओ हुनाले रमेश कुमार भट्टराईलाई नै सीइओ बनाउने र नेपाल लाइफमा डेपुटी सीइओ भएर आएकै हुनाले पनि सन्तोष प्रसाईलाई डेपुटी सीइओ बनाउने तयारी छ । अर्कोतर्फ प्रसाई सीइओ भएर आएपछि प्रभुकै कतिपय कर्मचारीले चरम असन्तुष्टी व्यक्त गरेका छन् । त्यसैले पनि उनलाई डेपुटी सीइओ दिनेगरी छलफल भएको छ ।’
‘घनिभूत छलफलमा छौं’ : भट्टराई, ‘हल्ला बढी भयो’ : प्रसाईं
यता मर्जरका विषयमा दुई कम्पनीबीच घनिभूत छलफल भएको र असारभित्रै मर्जरको सम्झौता हुनेगरी कुरा अगाडी बढेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिएका छन् । ‘घनिभूत रुपमा छलफल भएको छ । अन्य कम्पनीसँग पनि प्रस्ताव नगरिएको वा अन्तबाट पनि प्रस्ताव नआएको होइन, तर प्रभु लाइफसँग अलि बढी नै छलफल भएको छ। ‘अर्थ सरोकारसँग भट्टराईले भने- ‘यहि असार मसान्तभित्र हामीले मर्जरको सम्झौता टुंग्याउनेगरी छलफल गरेका छौं ।’
यता प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले भने हल्ला बढी भएको प्रतिक्रिया दिएका छन् । ‘प्रभु र महालक्ष्मीबीचको मर्जरको कुरा कहाँ पुग्यो ?’ हाम्रो प्रश्नमा उनी भन्छन्- ‘हल्ला बढी भयो। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: