Skip to content
LAXMI SUNRISE BANK

राजश्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

अर्थ सरोकार

काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलको सोमबार विभागबाट सरुवा भएको हो ।

पौडेलले गत असोज १८ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । पौडेल त्यसअघि वाणिज्य विभागको महानिर्देशक थिए ।

राजश्वमा ८ महिना १२ दिन काम गरेका पौडेलले लामो समयदेखि अड्किएको बहुराष्ट्रिय कम्पनी कोकको पूँजीगत लाभकरी छली मुद्धाको अनुसन्धान टुंग्याएर अदालतमा पेश गरेका थिए ।

सोमबार विभागबाट एक धन्यवाद नोट जारी गर्दै पौडेलले ८ महिना अवधिमा विभागले २१ अर्ब ७१ करोड बिगो बराबरको राजश्व छलीको मुद्दामा २ सय ८१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK