काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७९ जारी गरेको छ । बैंकले विप्रेषणसम्बन्धी कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि उक्त विनियमावली जारी गरेको हो । राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनी तथा संस्थाको निरिक्षण तथा सुपरिवेक्षणको लागि उक्त व्यवस्था गरेको हो ।
विनियमावलीको उद्देश्य प्रचलित कानुनबमोजिमका व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए नभएको परीक्षण गर्ने, विप्रेषकको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेषकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोवारमा अन्तरनिहित जोखिम पहिचान तथा सोको व्यवस्थापनको परीक्षण गर्ने र राष्ट्र बैंकबाट माग गरिएको वा बैंकमा पेश हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने रहेको छ ।
राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले त्यस्ता संस्थाको सुपरिवेक्षण गर्नेछ । विप्रेषकको स्थलगत निरीक्षण गर्दा वार्षिक कार्ययोजनाबमोजिम गर्नुपर्ने र कार्ययोजनाअनुसार विप्रेषकको स्थलगत निरीक्षण तथा आवश्यकताअनुसार लक्षित, विशेष वा अनुगमन निरीक्षण गर्न सकिने उल्लेख छ । दुई वर्षमा कम्तीमा एक पटक प्रत्येक विप्रेषकको स्थलगत निरीक्षण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्