काठमाडौँ । सांसद एलपी सावा लिम्बुले नेपाल राष्ट्र बैंकको नीतिका कारण नेपालको सेयर बजार ध्वस्त भएको टिप्पणी गरेका छन् । आज संसदमा बोल्दै लिम्बुले नेपाल राष्ट्र बैंकको ४/१२को नीतिले नेपालको सेयर बजार ध्वस्त भएको बताएका हुन् । सेयर लगानीकर्ताको आन्दोलन भर्खर स्थगित भएको तथ्य स्मरण गर्दै उनले नेपाल राष्ट्र बैंकले जारी गरेको जोखिम भार र ४/१२ को अव्यवहारिक नीतिका कारण सेयर बजारमा समस्या देखिएको बताएका हुन् ।
गत भाद्रमा ३२०० रहेको नेप्से इन्डेक्स (उनले चाहिं नुप्से इन्डेक्स भनेका थिए) अहिले १८०० मा झरेको बताउँदै उनले भारतीय सेयर बजारको तुलनामा नेपालको सेयर बजार मापक नेप्से परिसूचक बढी घटेकोबारे पनि संसदमा ध्यानाकर्षण गराएका थिए। ‘भारतको सेयर बजार २५००० बाट ६० हजारमा पुगेर अहिले ५२००० मा छ । त्यत्रो ठुलो पूँजीबजार जम्मा १५ प्रतिशतले गिरावट छ । नेपालको यो अवस्थामा अहिले ४२ प्रतिशत गिरावट भईरहेको स्थिति छ । उनले भनेका छन् ।
पूँजीबजारमा लगानीकर्ताको आत्मविश्वास जोगाउन जरुरी रहेको बताउँदै उनले अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायले समन्वयकारी भूमिका निर्वाह गरी पूँजीबजार बचाउनका लागि तत्काल अव्यवहारिक नीतिहरु खारेज गर्नसमेत उनले जोडदार माग गरेका छन् ।
केहि समय अघिदेखि संसदमा सेयर बजारका बारेमा चर्चा हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको अव्यवहारिक नीतिले धेरै लगानीकर्ता प्यानिक भएको बताउँदै सांसदहरुले सेयर बजारका बारेमा बोलिरहेका छन् भने केहि सांसदहरुले भने यस विषयमा नकारात्मक टिप्पणीसमेत गरिरहेका छन् । केहि दिनअघि मात्र संसद गजेन्द्र महतले सेयर बजार लेयर्स कुखुराजस्तै भएको टिप्पणी गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्