काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मंगलबार काठमाडौंको हल्चोक स्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए।
त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता,आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक धु्रब केसीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।
कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धुर्ब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्