×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न निषेध, यस्तो छ कारण

PRIME CA
GLOBAL IME BANK

असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न निषेध, यस्तो छ कारण

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न निषेध गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले बुधबार एक सूचना प्रकाशन गर्दै यस्तो निर्णय गरेको हो ।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सो समयमा सडक नखन्न विभागले आग्रह गरेको छ ।

तर, सो समयमा कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा भने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने जनाईको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: