काठमाडौँ । सांसद घनश्याम खतिवडाले संसदमा अर्थमन्त्रीको राजिनामा मागेका छन् । आज संसदमा बोल्दै उनले सेयर बजार अस्तव्यस्त भएको, देशभर बाढीपहिरोले दुख दिंदा जनता दुखमा भएको समयमा पनि सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका थिए ।
महंगी बढेकोतर्फ संसदको ध्यानाकर्षण गर्दै उनले बजेट बनाउने ठाउँमा अनाधिकृत व्यक्तिको घुस पैठ भईरहेको चर्चा भईरहेका बेला जान्नेसुन्नेहरुले नै अर्थमन्त्रीको राजिनामा मागिरहेको बताउंदै उनले अर्थमन्त्रीलाई सरकारले राजिनामा गराउने सोच कहिले गराईरहेको छ भनेर प्रश्नसमेत गरेका थिए ।
‘अर्थमन्त्रीको राजिनामा हुनुपर्यो भनेर म जोडदार माग राख्दछ’ ।’संसदमा बोल्दै उनले भनेका छन् । सुशासनको प्रत्याभूति हुनेगरी सरकारले काम गर्न नसकेको बताउँदै उनले जनताको तर्फबाट सुशासन प्राप्त होस् भनी मागसमेत गरेका थिए ।
पछिल्लो समय संसदमा सेयर बजारसम्बन्धि प्रश्न विभिन्न सांसदहरुले उठाईरहेका छन् । आज नै सांसद एलपी सावा लिम्बुले नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण सेयर बजार ध्वस्त हुन लागेको प्रतिक्रिया दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्