काठमाडौँ । अहिले नेपालको संसदमा हरेकपटकजसो सेयर बजारका बारे प्रश्न उठिरहेको छ । विभिन्न दलका सांसदहरुले नेपालको सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताका समस्याबारे संसदमा जानकारी गराईरेहका छन् । तर संसदको रेकर्ड हेर्दा सेयर बजारबारे जानकारी राख्ने कम र कसैले टिपाईदिएकै भरमा कुरा राख्ने बढेको देखिन्छ । जसले बोले पनि संसदमा सेयर बजारबारे प्रश्न उठ्नु त ठिक हो, तर निकै कम जानकारी भएका व्यक्तिले बोल्दा गलत अर्थ त जाँदैन ? भन्ने शंका पनि उत्तिकै छ । केहि समयदेखिको रेकर्ड हेर्ने हो भने पनि संसदमा सेयर बजारबारे संसदमा कुरा राख्नेहरुमध्ये, गगन थापामात्र सेयर बजारमा जानकारी राख्ने व्यक्ति हुन् ।
सांसद थापाले केहि समय अगाडी सेयर बजारका बारेमा संसदमा बोलेका थिए । उनको भनाईलाई धेरैले सकारात्मक रुपमा पनि लिएका थिए । नेपाल राष्ट्र बैंकको नीतिका कारण लगानीकर्तालाई असर गरेको कुरा उठाएका उनले पछि गभर्नरलाई भेटेरसमेत यस विषयमा कुरा राखेका थिए । उनको र गभर्नरको भेटले पनि बजारको सेन्टिमेन्ट सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको जानकारहरुको दाबी छ ।
तर उनी पछि जो-जो सेयर बजारका बारेमा संसदमा बोले, उनीहरु बजारबारे खासै जानकारी छैन । केहि दिन अगाडी सांसद गजेन्द्र महतले सेयर बजारलाई लयर्स कुखुराजस्तै हो भनेर बोलिदिए । यसले नेपाली सेयर बजारका लगानीकर्तामाझ राम्रै चर्चा पायो । तर उनी त्यस्ता सांसद हुन्, जसको सेयर बजारको दोश्रो बजारमा लगानी एक रुपैयाँ पनि छैन । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफ्नो सेयर बजारमा लगानी नरहेको उनले स्वीकारेका छन् । ‘अनि लगानीचाहिं नहुने अनि बोल्नचाहिं अनेक बोल्ने त ?’ हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामी पनि व्यवसायीक मान्छे हौँ नि, लगानी नभए पनि हामीलाई सेयर बजारका बारे थाहा भई नै हाल्छ नि !’
आइतबार पनि एलपी सावा लिम्बुले सेयर बजारका बारे संसदमा कुरा राखे । उनका कुरा पनि निकै सकारात्मक । तर उनी बजारका जानकार होइनन् । यतिसम्म कि संसदमा बोल्दै गर्दा उनले ‘नेप्से’समेत भन्न नजानेर ‘नुप्से’ भने ।यसले उनी बजार प्रति कतिको ज्ञान राख्छन् भन्ने देखाउँछ । अर्कोतर्फ संसदमा सेयर बजारका बारेमा बोल्नेहरुमध्ये अधिकांसले पढेजसरी बोलेका छन् । जसले उनीहरुमा सेयर बजारको ज्ञान कम छ भन्ने देखाउँछ ।
कुरा उठ्नु नै सकारात्मक : सेयर लगानीकर्ता
यता सेयर लगानीकर्ताहरु भने संसदमा सेयर बजारका बारे प्रश्न उठ्नु नै सकारात्मक कुरा रहेको बताउँछन् ।’ सेयर बजारका बारेमा संसदमा उठिरहेको विषयलाई निकै सकारात्मक रुपमा अलिना सकिन्छ ।’ सेयर बजारका जानकार मुक्ति अर्याल भन्छन्- ‘८-२० खर्बको बजार क्याप नष्ट भएको समयमा संसदमा सेयर बजारका बारे कुरा उठ्नु ठिक कुरा हो ।’
सेयर बजारका अर्का जानकार रामहरि नेपालले संसदमा सेयर बजारबारे प्रश्न उठेपनि सकारात्मक ढंगले नउठ्ने गरेको र सांसदहरुलाई नै सेयर सचेतना आवश्यक रहेको तर्क गर्छन् । ‘संसदमा सेयर बजारका बारे कुरा त उठेको छ। तर संसदमा उठेका सेयर बजारका कुरा सकारात्मक रुपमा उठेका छैनन् । हाम्रा सांसदहरुलाई सेयर बजारको विषयमा ज्ञान दिन आवश्यक छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्