×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनका अध्यक्षको सम्बोधनपछि लगानीकर्ता ‘फायर’, बोर्ड अगाडी चर्का नाराबाजी, ‘आजै छिनोफानो गर्छौँ’ (फोटो-फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेबोनका अध्यक्षको सम्बोधनपछि लगानीकर्ता ‘फायर’, बोर्ड अगाडी चर्का नाराबाजी, ‘आजै छिनोफानो गर्छौँ’ (फोटो-फिचर)

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको सम्बोधनपछि आन्दोलनरत सेयर लगानीकर्ता ‘फायर’ भएका छन् । सम्बोधनका क्रममा हमालले लगानीकर्ताका सबै माग सम्बोधन गर्न नसकिने र पूरा गर्न सकिने मागहरु ३ महिनाभित्र पूरा गर्ने बताएपछि लगानीकर्ताहरु फायर भएका हुन् । धितोपत्र बोर्ड अगाडी आन्दोलनरत लगानीकर्ताले बोर्ड अध्यक्षको सम्बोधन झारा टार्ने खालको मात्र भएको र त्यसले आफ्नो आन्दोलनका कुनै पनि माग सम्बोधन गर्न नसक्ने बताउंदै लगानीकर्ताहरुले बोर्ड अगाडी चर्को नाराबाजीसमेत गरिरहेका छन् ।
लगानीकर्ता ७ दिनसम्म अनशनमा बस्दा पनि धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले कुनै पनि वास्ता नगरेको बताउंदै उनीहरुले अराजकताको पराकाष्टा नाघ्नुपर्ने  अवस्था आएकोसमेत बताएका छन् । उनीहरुले  ‘आजै छिनोफानो गरौँ’ भन्दै लगानीकर्ताहरुलाई बोर्डको कार्यालय अगाडी जम्मा हुन आह्वान गरिरहेका छन्।  यो समाचार तयार गर्दासम्म पनि बोर्ड अगाडी लगानीकर्ताहरुको आन्दोलन जारी छ भने धितोपत्र बोर्डका कर्मचारीहरु कार्यालयभित्रै थुनिएका छन् ।
आन्दोलनरत लगानीकर्ताहरुले आफ्ना मागहरू सम्बोधन नभएसम्म पछि नहट्ने बताईरहेका छन् । यता ७ दिनसम्म अनशन बसिरहेका तिलक कोइरालाको स्वास्थ्य अवस्था भने निकै कमजोर बनिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: