×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदै धितोपत्र बोर्ड, सरोकारवालासँग माग्यो सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदै धितोपत्र बोर्ड, सरोकारवालासँग माग्यो सुझाव

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउन सुरु गरेको छ । बोर्डले आगामी आर्थिक २०७७/७८ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा बनाउने कार्य सुरु गरेको हो । हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग समेत सल्लाह लिई तर्जुमा गर्ने कार्यलाई बोर्डले निरन्तरता दिएको छ ।

बोर्डले मस्यौदा बनाउने क्रममा बोर्डले सरोकारवाला पक्षहरुसँग लिएको सल्लाह सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्नेछ । नेपाल धितोपत्र तथा वस्तु विनियम बजारको विकास तथा विस्तारका लागि बोर्डले नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित सबै सरोकारवालहरुले बजारको विकास विस्तार तथा सुधारका लागि आफ्नो रचनात्मक राय सल्लाह तथा सुझाव जेठ ९ गतेसम्म पेश गर्न आह्वान गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी