Skip to content
LAXMI SUNRISE BANK

आमरण अनशनको ९औँ दिन लगानीकर्ताको न्यून उपस्थिति : ९ तस्विरमा हेर्नुहोस् सुनसानजस्तै धितोपत्र बोर्ड (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको सहभागीता सार्है न्युन देखिएको छ । पहिलो-दोश्रो दिन सार्है उत्साहजनक उपस्थिति देखिएपनि अनशनको ९ दिन पुग्दै गर्दा बोर्ड परिसरमा लगानीकर्ताहरुको उपस्थिति सार्है कमजोर देखिएको छ । अहिले बोर्ड परिसरमा तिलक कोइराला, उनका केहि साथीभाई, केहि संचारमाध्यमका पत्रकार र केहि लगानीकर्तामात्र उपस्थित छन् ।

बुधबार कोइरालाले अनशन तोड्ने गलत हल्ला फैलिएपछि बोर्ड परिसरमा राम्रो संख्यामा लगानीकर्ता जम्मा भएका थिए । तर बिहीबारको स्थितिभने सार्है टिठलाग्दो देखिएको छ । केहि दिन अगाडी सार्है भिड हुने वरपरका पसलहरु पनि सुनसान देखिएका छन् । बोर्ड परिसरको माहोल निकै ‘झ्याउँलाग्दो’ छ ।

उपस्थिति सार्है कमजोर भएपछी अनशनमा बसेका कोइरालाले सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई राख्दै सरकारले आफुलाई अनशनमै मार्न लागेको, सेयर बजार ध्वस्त हुन लागेको भन्दै लगानीकर्ताहरुलाई कटाक्ष गर्दै ‘तपाईंहरु घरमै बस्नोस् हैु भनेर लेखेका छन् । “सरकारले मलाई अनशनमै मार्ने भयो, पूँजी बजार ध्वस्त पार्न लाग्यो, सेयर लगानीकर्ता तपाइँहरु अब घरमै सुतेर बस्नोस है’ उनले फेसबुकमा लेखेका छन् ।

बाँकी बोर्ड परिसरको माहोल तस्विरमा हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK