×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको स्कर्टिङमा घर पुगेका बोर्डका कर्मचारी भन्छन् – ‘आज धन्न कुटाई खाइएन, धन्न ! कसैले कालोमोसो दलेनन्…’

काठमाडौँ । आन्दोलनरत लगानीकर्ता र सुरक्षाका लागि नेपाल धितोपत्र बोर्ड अगाडी बसेका प्रहरीबीच झडप भएपछि प्रहरीको स्कर्टिङमा घर पुगेका बोर्डका कर्मचारीहरुले ठुलो भवितव्यबाट जोगिएको प्रतिक्रिया दिएका छन् । लगानीकर्ताहरुको चर्को नाराबाजीकै बीच प्रहरीको बल लगाएर लगानीकर्ता पन्छाउँदै घर पुगेका उनीहरुले आफ्नो सुरक्षास्थिति निकै संवेदनशील अवस्थामा रहेकोसमेत गुनासो गरेका छन् ।

‘घर पुग्नु भयो ?’ हाम्रो प्रश्नमा बोर्डका एक कर्मचारीले भने- ‘आज त पुगियो भनौं, अव भोलि कसरि अफिस जाने थाहा छैन । आज धन्न कुटाई खाइएन । कसैले कालोमोसो दलेनन् । बोर्डमा त अव जुनसुकै बेला जे पनि हुनसक्ने स्थिति भयो ।’ ती कर्मचारीले बोर्डले छिटोभन्दा छिटो लगानीकर्ताको माग सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिन सक्नेसमेत बताए । ‘सबै रिसाएका छन् । सबै उग्र बनिसकेका छन् । यस्तो झरीमा पनि लगानीकर्ताहरु एकोहोरो आन्दोलनमा छन् । हामीलाई उनीहरुले जुनसुकै बेला जे पनि गर्न सक्छन् ।’
उनले यस विषयमा बोर्डका उच्च अधिकारी र कर्मचारी युनियनमासमेत कुरा भईरहेको बताएका छन् । ‘सुरक्षाको प्रत्याभुति नहुन्जेलसम्म अव अफिस कसरी जाने भन्ने पीर भएको छ । कि फर्किने नपर्ने गरी अफिसमै सुत्नु पर्यो, होइन भने सधैं प्रहरी लगाएर घर आउन मुस्किल भयो भन्ने विषयमा हामी पनि छलफल गरिरहेका छौँ ।’ उनले भने ।
बोर्डका कर्मचारीहरुले अध्यक्ष हमालको सम्बोधनपछि स्थिति सामान्य हुने आशा राखेको तर घटनाको बिकास ठिक उल्टो तरिकाले भएकोसमेत बताएका छन् । ‘आज बोर्डले सम्बोधन गरेपछि केहि न केहि रुपमा आन्दोलन सेलाउँछ भन्ने थियो । तर अहँ त्यस्तो भएन । यहाँ त ज्यान जोगाउन नै मुस्किल भयो ।’
बोर्डका अध्यक्षको सम्बोधन सकिएपछि घर जान कुरिरहेका कर्मचारीहरु पनि घर जान नपाएपछी अन्तत: बोर्डका उच्च अधिकारीहरुको डिजाइनमा प्रहरीलाई बल प्रयोग गर्न लगाइएको थियो । यो समाचार तयार गर्दासम्म धितोपत्र बोर्ड अगाडी लगानीकर्ताहरुको आन्दोलन जारी छ भने, बोर्ड अध्यक्ष हमाल अर्थ मन्त्रालय निस्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: