काठमाडौँ । तिलक कोइराला बिगत ९ दिनदेखि आमरण अनशनमा बसेका छन् । पूँजी बजारको सुधारको माग गर्दै आमरण अनशनमा बसेका उनको स्वास्थस्थिति एकदम नाजुक बनिसकेको छ । यता आमरण अनशनको ९औँ दिन नेप्से पनि ह्वात्तै घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तो बन्न सक्ने र ब्याजदर पनि बढ्न सक्ने बताएपछि बिहीबार सेयर बजार राताम्य भएको विश्लेषण गरिएको छ । धितोपत्र बोर्डमा उपस्थित केहि लगानीकर्ताको एक समूहमा पनि बिहीबार यहि विषयले चर्चा पाएको देखियो ।
“गभर्नरकै बोलीका कारण बजार घटेको ” निष्कर्ष निकाल्दै ती लगानीकर्ताले फ्याट्टै बोले- “यस्तै हो भने नेपालमा पनि म्यानमारकै जस्तो स्थिति होला जस्तो छ।” श्रीलंकाका बारे सुनेका लगानीकर्तालाई म्यानमारको घटनाबारे थाहा थिएन । सुन्नेहरुले सोधे-“श्रीलंकामा त आर्थिक स्थिति सार्है खत्तम भएको सुनिएको थियो । म्यानमारमा चाहिं के भएको थियो ?” अर्का लगानीकर्ता बोलिहाले-“म्यानमारमा कडा नीति ल्याएको भन्दै डेपुटी गभर्नरलाई गोली हानिएको रहेछ। हाम्राले पनि अति गरेका छन् । कुन दिन कोहि मान्छे यसै सिद्धिएं, उसै सिद्धिएं भन्दै त्यस्तै गर्यो भने के हुन्छ होला ?”
लगानीकर्ताको वार्तालाप सुनिरहेका हामीले यस विषयमा थप बुझ्न खोज्यौँ र गुगलमा यसबारे कतै समाचार छ कि भनेर हेर्यौँ । नभन्दै हो रहेछ । म्यानमारको केन्द्रीय बैंकका एक डेपुटी गभर्नरलाई दुई अज्ञात बन्दुकधारीले गोली हानेर घाइते बनाएका रहेछन् । त्यहाँको केन्द्रीय बैंकले अमेरिकी डलरको प्रयोग घटाउनका लागि नियम कडा बनाएको केही दिनपछि बिहीबारको आक्रमण भएको रहेछ र सो घटनालाई हाई प्रोफाइल आक्रमण भनी विश्लेषण गरिएको अन्तराष्ट्रिय आर्थिक संचारमाध्यम बुल्मबर्गले समाचार छापेको रहेछ।
सेनाले सत्ता लिएपछि नियुक्त भएकी थान थान स्वेलाई याङ्गोनको बाहान टाउनशिपमा रहेको आफ्नो अपार्टमेन्टको ढोका खोल्दा दुईजना व्यक्तिले गोली हानेको एसोसिएटेड प्रेसले जनाएको भन्दै अन्तराष्ट्रिय संचारमाध्यममा समाचारहरु प्रकाशित गरिएको छ । यद्यपी उनलाई खासै गम्भीर चोट नलागेकाले मानवीय क्षति भने नभएको र आक्रमणकारीहरुको पहिचान पुष्टी हुन बाँकी रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्