Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री देउवाको निर्देशन-‘तिलक कोइरालाको माग पूरा गर्नेगरी आजै सहमति गर्नू’

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड परिसरमा अनसन बसेका लगानीकर्ता तिलक कोइरालाका मागहरु पूरा गर्नेगरी सहमति गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले सचिवालयमार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले कुनै हालतमा लगानीकर्ताका माग पूरा गर्नेगरी सहमति गर्न निर्देशन दिएका हुन् ।

देउवाको निर्देशनपछी बोर्डका अधिकारी पनि आजै सहमति गर्नका लागि तातेका छन् । तर तिलक कोइरालाले भने आफ्ना मागमध्ये कुन बुँदा कहिले पूरा हुन्छ भन्ने स्पष्ट कुरा नआएसम्म अनसन नतोड्ने अडान लिईरहेका छन् ।

‘प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिनुभएको छ । आज नै सहमति गर्न भनेका छौँ । ‘प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ञहामी तिलकजीको विषयमा अत्यन्तै गम्भीर छौँ । बिगत ८ दिनदेखि सेयर लगानीकर्ता तिलक कोइराला आमरण अनशनमा बसेका छन् । निर्णायक वार्ता भन्दै अहिले बोर्डमा छलफल चलिरहेको छ भने बोर्ड परिसरमा लगानीकर्ताको बाक्लो उपस्थिति छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK