×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयरको मूल्य घट्छ, बजार मूल्य र ब्याजदर बढ्छ…’ : सार्वजनिक लेखा समितिका सभापति शाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सेयरको मूल्य घट्छ, बजार मूल्य र ब्याजदर बढ्छ…’ : सार्वजनिक लेखा समितिका सभापति शाह

Artha Sarokar

१६ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय विभिन्न सांसद, पूर्वमन्त्री लगायत बरिष्ट भनिएकाहरुले सेयर बजारका बारेमा सार्वजनिक टिप्पणी गर्ने क्रम जारी छ । यसैबीच सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले पनि सेयर बजारका बारे सार्वजनिक टिप्पणी गरेका छन् । उनले सेयरको मूल्य अझै घट्ने बताएका हुन् । बुधवार महालेखापरीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले सेयरको मूल्य अझै घट्ने, अझै बजार मूल्य र ,ब्याजदर बढ्दै जाने बताएका हुन् । बाह्य कारणले अर्थतन्त्रमा समस्या आएको बताउँदै उनले अर्थतन्त्र जटिल मोडमा पुगेको र मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक हुँदा देश अफ्ट्यारो अवस्थामा पुगेको बताएका छन् ।
‘कोरोनापछि अत्यन्त महँगी बढ्यो । बैंकहरुले बजारबाट पैसा तान्नको लागि ब्याज बढाए । यसरी सबै समस्या आएको हो । यसका सरकारले राम्रोसँग ध्यान दिनुपर्छ नत्र अफठ्यारो पर्छ ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अझै सेयरको मूल्य घट्छ, अझै बजार मूल्य ,ब्याजदर बढ्दै जान्छ । यी सबै व्यवस्थापन नगर्न सक्नुपर्छ । अहिलेको विश्म परिस्थितीबाट देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो । फजुल खर्च गर्न सक्नुपर्छ ।’
उनले अमेरिकाले जथाभावी डलर छाप्दापनि यस्तो समस्या आएको टिप्पणीसमेत गरे । ‘वर्तमान परिस्थितीमा अर्थतन्त्र जटिल मोडमा छौं । अहिले अत्यन्तै बढी आयात भइरहको छ । विदेशी मुद्रा साढे ६ महिनालाई मात्रै छ । घरजग्गा,शेयरको मूल्य घटेको छ । बैंकको ब्याज बढेको छ । चारै तिरबाट हामीलाई अफठ्यारो परेको छ । हामी सबैले आफ्नो जिम्मेवारी पालना गर्नुपर्छ । यो जटिल परिस्थिति नेपालको मात्रै होइन संसारको हो । यो जटिल परिस्थितिलाई हामी मिलेर सामना गर्नुपर्छ । हरेक नागरिकले आफ्नो जिम्मेवारी लिएर देशलाई बचाउनु पर्छ । हाम्रो देशमा अफ्ठ्यारो परेर श्रीलंका जस्तो अवस्था भोग्नुपरो भने सबैलाई राम्रो हुँदैन ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘यो अमेरिकाबाट आएको हो । यो युक्रेन र रसिया युद्धले होइन । अमेरिकामा कोभिड भएको समयमा मनपरि डलर छाप्यो । सबैलाई पैसा दियो । धेरै पैसा बजारमा फाल्यो । उनीहरुले पैसा पाए कोहीले शेयरमा लगानी गरे,भारत लगायतका देशमा शेयरमा लगानी गरे । नेपालमा पनि गरे। ‘
कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । महालेखापरीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी