×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजी बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन

PRIME CA
GLOBAL IME BANK

पुँजी बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि सुझाव समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पुँजी बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी गराएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका हुन् ।

सदस्य सचिवका रुपमा धितोपत्र बोर्डबाट अर्को एक जना हुने छन् । तीनवटै निकायले नाम भने खुलाएको छैन । उनीहरुले नाम पठाएपछि समितिले औपचारिक रूपमा काम गर्न थाल्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: