काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली २०७९ स्वीकृत गरेको छ । उक्त विनियमावली स्वीकृत भएसँगै आइतबारदेखि कार्यान्वयमा आउने छ । नेप्सेको गत साता बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो ।
यस्तै ब्रोकरले चलाउने टीएमएसको सूनिश्चितताका लागि चाहिने आवश्यक हार्डवयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पुरा गरेको हुनुपर्ने छ । उक्त मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरिएको हुनुपर्ने, साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरुको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।
नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ तयार पारेको छ । जसमा ब्रोकर आफैले टीएमएस चलाउने भएपछि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । नेप्सेले विनियमावली संसोधनका लागि बोर्डमा मस्यौदा पठाएको थियो । बोर्डले उक्त मस्यौदा आवश्यक संशोधन गरेर स्वीकृतका लागि नेप्सेमा पठाएको थियो । नेप्सेले स्वीकृत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्