×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका लगानीकर्ताले काठमाडौं जिल्ला प्रशासनमा बुझाए ज्ञापन पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजारका लगानीकर्ताले काठमाडौं जिल्ला प्रशासनमा बुझाए ज्ञापन पत्र

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर बजारका लगानीकर्ताले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा गठन भएको संघर्ष समितिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

पदर्शनमा उत्रिएका लगानीकर्ताले ४­/१२ नीति खारेज, बैंकलाई ब्रोकर लाइसेन्स तथा नीतिगत भ्रष्ट्राचारको अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन् । पुँजी बजार सुधार र विकासका लागि गठित समितिले घोषणा गरेको आन्दोनमा अहिले अधिकांश लगानीकर्ताका छाता संगठनले एक्यवद्धता जनाएका छन् ।

लगानीकर्ताहरुले वाणिज्य बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने लगायतका १९ बुँदे माग राखेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी