काठमाडौं । आन्दोलनरत लगानीकर्ताले सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्ने भएका छन् । लगानीकर्ताले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म उपत्यका बाहिरका सम्पूर्ण जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने भएका हुन् ।
सेयर बजार सुधारको माग राख्दै जेठ २३ गतेदेखि लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताहरुले गत शुक्रबार ५ हजार लगानीकर्ताको उपस्थितिमा काठमाडौँको माइतीघरमा प्रदर्शनी गरेका थिए।
यस्तै जेठ २४ गते नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्ताहरुलाई प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न नदिएपछि लगानीकर्ताहरुले माइतिघरमा प्रदर्शनी गरेका थिए।
जेठ २७ गते शुक्रबार लगानीकर्ताले माइतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गरेका थिए । पुँजी बजार सुधार र विकासका लागि गठित समितिले घोषणा गरेको आन्दोनमा अहिले अधिकांश लगानीकर्ताका छाता संगठनले एक्यवद्धता जनाएका छन् । सेयर लगानीकर्ताहरुले वाणिज्य बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने लगायतका १९ बुँदे माग राखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्