काठमाडौँ । अनशनरत तिलक कोइरालाले धितोपत्र बोर्डलाई पत्र लेखेर माग पूरा गरे अनशन तोड्न आफु तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सम्बोधन गरेर लेखिएको सो पत्रमा उनले अनशन तोडेरमात्र कार्यान्वयन समिति बनाउने बोर्डको प्रस्ताव अस्वीकार गरेको प्रष्ट पारेका छन् ।
“पहिले समिति गठन भएर मागहरुका बारेमा बुँदागत रुपमा समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछी मात्र अनशन तोडिने स्पष्ट जानकारी गराउँदछु । समस्या समाधान समितिमा कस -कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्रभित्रको कुरा भएकाले त्यहाँबाट सर्त हटाई सुधारिएको दोश्रो पत्र प्राप्त भएपश्चात यस समितिबाट सात जनाको नाम पठाइने जानकारी गराउँदछु।” पत्रमा भनिएको छ ।
साथै उनले सबै काम पूरा गरे अनशन तोड्न आफु तयार रहेको समेत बताएका छन् । “पूँजी बजारको अहिलेको संवेदनशीलता, जटिलता बिग्रिदो अवस्था र अनशनरत मेरो स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोकेर आम लगानीकर्ताको मनोभावना सुध्रिढ बनाउन आतुर रहेको समेत उल्लेख गर्दछु ।” पत्रमा उनले लेखेका छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्