×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताभन्दा प्रहरी र पत्रकार धेरै, कोइरालाको चित्कार- ‘मार्ने भयो सरकारले अनशन बसेरै…’

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको सहभागीता सार्है न्युन भएपछि अनशनस्थलबाट तिलक कोइराला बोलेका छन् । सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले सरकारले आफुलाई अनशनमै मार्न लागेको, सेयर बजार ध्वस्त हुन लागेको भन्दै लगानीकर्ताहरुलाई कटाक्ष गर्दै ‘तपाईंहरु घरमै बस्नोस् है’ भनेर लेखेका छन् ।

अनशनको आज ९ औं दिन हो । आज बोर्ड परिसरमा रही यो रिपोर्ट तयार गर्दाका समय धितोपत्र बोर्डमा केहि लगानीकर्ताहरु मात्र उपस्थित छन् । अहिले बोर्ड परिसरमा १५-२० जना मात्र लगानीकर्ता छन् ।

‘सरकारले मलाई अनशनमै मार्ने भयो, पूँजी बजार ध्वस्त पार्न लाग्यो, सेयर लगानीकर्ता तपाइँहरु अब घरमै सुतेर बस्नोस है’ उनले फेसबुकमा लेखेका छन् ।  उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिईरहेका छन् भने धितोपत्र बोर्डले भने अनशन तोडेरमात्र कार्यान्वयन समिति बनाउने अडान लिएर बसेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: