×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजी बजार सुझाव समिति र लगानीकर्ता संगठनबीच छलफल, दिइए यस्ता सुझाव !

PRIME CA

पूँजी बजार सुझाव समिति र लगानीकर्ता संगठनबीच छलफल, दिइए यस्ता सुझाव !

अर्थ सरोकार

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

काठमाडौँ। अर्थमन्त्रालयले गठन गरेको पूँजी बजार सुझाव समितिले आज विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधीहरु सँग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गरेको हो ।

छलफल कार्यक्रममा लगानीकर्ता संगठनहरुले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरु पेस गरेका छन् । सुझाव समितीसँगको छलफलमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागि थिए ।

लगानीकर्ताहरुसंगको छलफलमा सहभागी एनपिएल अध्यक्ष राधा पोख्रेलले सुझाव समितीले लगानीकर्ताहरुका मागहरु अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत गरेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: