Skip to content
LAXMI SUNRISE BANK

अवदेखि शुक्रबार २ घण्टामात्रै सेयर बजार खुल्ने !

अर्थ सरोकार

काठमाडौं । अवदेखि शुक्रबार २ घण्टामात्रै सेयर बजार खुल्ने भएको छ । नेपालमा पहिलो पटक सातामा ६ दिन नै सेयर कारोबार हुने भएको हो । असार १ गतेदेखि लागु हुने गरी सातामा ६ दिन सेयर कारोबार हुने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अब आइतबारदेखि बिहीबारसम्म ११ देखि ३ बजेसम्म र शुक्रबार भने ११ देखि १ बजेसम्म २ घण्टा मात्रै कारोबार हुने भएको छ ।

यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ । आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK