×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो सयेर बजार, १ अर्ब ०७ करोडमाथिको कारोबार हुँदा नेप्से २१३०.७१ बिन्दुमा

PRIME CA

बुधबार घट्यो सयेर बजार, १ अर्ब ०७ करोडमाथिको कारोबार हुँदा नेप्से २१३०.७१ बिन्दुमा

अर्थ सरोकार

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगतिभ सर्किट लागेको हो । शिखरको सेयरमा यस्तो गिरावट आउँदा  नेपाल इन्भेस्टमेन्ट बैंक,गुराँस इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन र मानुषी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको१२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी ,शिखर इन्स्योरेन्स, एनआइसी एशिया बैंक र आरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा मैलुंग खोला जलबिद्युतले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र उपकर लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: