×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घट्यो सयेर बजार, १ अर्ब ३० करोडमाथिको कारोबार हुँदा नेप्से २०७८.७० बिन्दुमा

PRIME CA

शुक्रबार घट्यो सयेर बजार, १ अर्ब ३० करोडमाथिको कारोबार हुँदा नेप्से २०७८.७० बिन्दुमा

अर्थ सरोकार

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५ सय ०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड २३ लाख ५५ हजार ६ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै शुक्रबारको सेयर बजारमा किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । किसान लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा उन्नति सहकार्य लघुवित्त,प्रोग्रेसिब फाईनान्स ,लिबर्टी एनेर्जी र एसियन लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड २३ लाख ५५ हजार ६ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट,हिमालयन डिस्ट्रीलरी,अपि पावर कम्पनी र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा उपकर लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी  हाईड्रोपावर, गणपति लघुवित्त, अजोड इन्स्योरेन्स र हिमालयन उर्जा बिकाशका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: