×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सयेर बजार, १ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा नेप्से २०२०.२३ बिन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार घट्यो सयेर बजार, १ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा नेप्से २०२०.२३ बिन्दुमा

Artha Sarokar

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माइक्रोफाईनान्स,समता घरेलु लघुवित्त,जनउत्थान सामुदायिक लघुवित्त र एनएमबि – ५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा कुमारी बैंक,हिमालयन डिस्ट्रीलरी,शिवम सिमेन्ट र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा उपकर लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर,मौउन्टेन हाईड्रो नेपाल,नारायणी देभ्लोप्मेन्ट बैंक,र आरबिबि म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी