काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको ४१ लाख ५६ हजार १ सय ०४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ७४ लाख ६९ हजार ३ सय ०१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा सिङ्गति हाईड्रो इनर्जी लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिङ्गतिको सेयरमा यस्तो गिरावट आउँदा समीट लघुवित्त,एमेर्जिङ्ग नेपाल,लुम्बिनी बिकाश र प्रोग्रेसिभ फाईनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ७४ लाख ६९ हजार ३ सय ०१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी,अरुण काबेली, यशिएन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर,एनएमबि -५०, मिथिला लघुवित्त र आरबिबि म्युचल फण्ड -१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्