×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घट्यो सयेर बजार, ८१ करोड ४१ लाखमाथिको कारोबार हुँदा नेप्से २०४८.१६ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शुक्रबार घट्यो सयेर बजार, ८१ करोड ४१ लाखमाथिको कारोबार हुँदा नेप्से २०४८.१६ बिन्दुमा

Artha Sarokar

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२९ कम्पनीको ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ४१ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ५४ लाख ५ हजार १ सय ६८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै शुक्रबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सामुदायिकको सेयरमा यस्तो गिरावट आउँदा युनिलिभर नेपाल,युनाईटेड आइदिआइ मर्दी आरबी हाईड्रोपावर,नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ५४ लाख ५ हजार १ सय ६८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल इन्भेस्टमेन्ट बैंक,मेगा बैंक,शिबम सिमेन्ट र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा ग्रिन भेन्चरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा उपकार लघुवित्त वित्तीय संस्था ,बलेपी हाईड्रोपावर, लक्ष्मी लघुवित्त र सन्राईज फर्स्ट म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी