×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्से २ हजारको विन्दुलाई छाडेर तल आयो, १ अर्ब १८ करोडमाथिको कारोबार !

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३२ कम्पनीको ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ करोड ६७ लाख १८ हजार १ सय ९३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा बलेफि हाईड्रोपावर,सगरमाथा इन्स्योरेन्स,ग्रिन भेन्चर र गणपति लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको  सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ करोड ६७ लाख १८ हजार १ सय ९३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक,नेपाल लाइफ इन्स्योरेन्स,नबिल बैंक र उपकार लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको  सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले धेरै हो। यस अलावा एनएमबी-५० ,माउन्टेन हाईड्रो नेपाल, युनिलिभर नेपाल र लक्ष्मी उन्नत कोषका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: