काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आन्दोलनरत लगानीकर्ताहरुका यथोचित मागहरु तत्काल पूरा गर्न धितोपत्र बोर्ड र सरकारसँग आग्रह गरेको छ । नीतिगत सुधारको माग राख्दै आमरण अनसनमा बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको पनि युनियनले विज्ञप्तिमार्फत जनाएको छ । पुँजी बजार सुधारका लागि विभिन्न १९ बुँदे माग राख्दै लगानीकर्ताहरु जेठ २३ गतेदेखि निरन्तर आन्दोलनरत छन् ।
यस्तै, पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्ड कार्यलय परिसर बाहिर जारी राखेको आमरण अनसनलाई पनि गम्भिरतापूर्वक लिएको युनियनले जनाएको छ । बोर्ड आफैँले पूरा गर्न सक्ने लगानीकर्ताका मागहरु यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न दाबी गरेको छ । युनियले लगानीकर्ताको माग पुरा गर्न बोर्ड तथा नेतृत्व सरकार समक्ष माग गरेको छ । आमरण अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन यस यूनियनले निर्णयानुसार माग गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्