×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापक उतारचढावकाबीच २३.८५ अंकले घट्यो नेप्से, झन्डै साढे २ अर्वको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

व्यापक उतारचढावकाबीच २३.८५ अंकले घट्यो नेप्से, झन्डै साढे २ अर्वको कारोबार

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । व्यापक उतारचढावकाबीच सेयर बजार मापक नेप्से परिसूचक घटेको छ। आइतबारको तुलनामा नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड ६५ लाख ८८ हजार २ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । उन्नति सहकार्यको सेयरमा यस्तो गिरावट आउँदा ८.७५ प्राईम डेभेन्चर २०८५ ,तेर्हथुम पावर कम्पनी,प्रुडेनटियल इन्स्योरेन्स र शिव श्री हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड ६५ लाख ८८ हजार २ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी,लाइफ इन्स्योरेन्स कर्पोरेशन,नबिल बैंक र एशियन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा न्यादी हाईड्रोपावर,लाइफ इन्स्योरेन्स कर्पोरेशन,बुद्धभुमि नेपाल हाईड्रोपावर र सिटिजन्स म्युचल फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी