काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ। सोमबारको तुलनामा नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३० कम्पनीको ३० लाख ३७ हजार ६ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २ सय ५६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी को सेयरमा यस्तो गिरावट आउँदा जेनेरल इन्स्योरेन्स कम्पनी,युनाईटेड आइडीआइ मर्दी हाईड्रोपावर,संगति हाईड्रो इनर्जी र नेपाल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २ सय ५६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा लाइफ इन्स्योरेन्स कर्पोरेशन,सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट,नेपाल रिइन्स्योरेन्स कम्पनी र नगदी ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था,अग्रिकल्चर डेभलपमेन्ट बैंक,सनराइज म्युचल फण्ड र एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्