काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ। मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा मैलुंग खोला जल विद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । मैलुंगको सेयरमा यस्तो गिरावट आउँदा ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेभेन्चर २०८४,नबिल ब्यालेन्स फण्ड -२,स्वाभिमान लघुवित्त र नेपाल इन्स्योरेन्स कर्पोरेशनमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नगदी ग्रुप पावरको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एशियन लाइफ इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स कम्पनी,अरुण भ्याली हाईड्रोपावर र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त,बरुण हाईड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रीन भेन्चर लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्