×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारलाई ‘जुवा घर’ भन्ने माओवादी नेता मण्डललाई लगानीकर्ताको ‘छाडा-गाली’, नचिनेको नम्बर उठाउनै छोडे !

काठमाडौँ । केहि समय अगाडी नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डलले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा सेयर बजारलाई जुवाघर भनेपछि सो विषयले सेयर बजारमा ठुलो हलचल ल्याईदियो  । यसअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले सेयर बजारलाई जुवा घर भनेपछि सेयर बजार निकै तल्लो बिन्दुमा आइपुगेको थियो । अहिले मण्डलले अर्थमन्त्री जनार्दन शर्माको बचावट गर्दै सो कार्यक्रममा सेयर बजारलाई जुवाघर भनेपछि लगानीकर्ता आक्रोशित बनेका थिए ।

केहि आक्रोशित लगानीकर्ताले उनलाई फोन गर्दै अपशब्दसहितको गालीसमेत दिएका थिए । थुप्रै लगानीकर्ताको एकोहोरो फोन आउन थालेपछि र हरेक फोनमा उनलाई सेयर बजारका बारेमा दिएको नकारात्मक टिप्पणीबारे लगानीकर्ताले सोध्न थालेपछि उनले नचिनेको फोन नै उठाउन छोडेको उनी निकटहरुले बताउन थालेका छन् ।
‘सुरु-सुरुमा त केहि सेयर लगानीकर्ताहरुसँग कुरा पनि भयो । उहाँले आफ्नो धारणा राखेको र धारणा राख्न पाइने भन्ने जवाफ पनि दिनुभयो । तर सेयर बजारबारे मनपरी बोल्न पाईदैन भन्दै उनलाई केहि लगानीकर्ताहरुले अपशब्दसमेत प्रयोग गर्न थालेपछि अहिले उनले नचिनेको फोन नै उठाउन छोडेका छन् ।’ उनीनिकट एक नेताले अर्थ सरोकारसँग भने- ‘माओवादी नेताहरु सेयर बजारबारे सकारात्मक छैनन् भन्ने कुरामा शंका रहेन । अहिले नेताहरुबीच नै सेयर बजारबारे टिप्पणी नगर्दा नै ठिक रहेछ भन्नेसम्मको कुरा उठ्न थालेको छ ।
केहि समय अगाडी संसद गजेन्द्र महतले सेयर बजारलाई लेयर्स कुखुराजस्तै हो भनेपछि उनको भनाईको पनि चर्को आलोचना भएको थियो । मण्डलसँगको अन्तर्वार्तामा सहभागी नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले भने मण्डलको भनाईको खण्डन गर्दै सेयर बजारलाई जुवा भन्न नसकिने बताएका थिए । सो अन्तर्वार्तापछि बस्नेतको भने ‘हाईहाई’ भईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: