×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वमन्त्री मण्डलले ‘सेयर बजार जुवा हो’ भनेपछि काँग्रस नेता मोहन बस्नेतले गरे प्रतिवाद !

PRIME CA
GLOBAL IME BANK

पूर्वमन्त्री मण्डलले ‘सेयर बजार जुवा हो’ भनेपछि काँग्रस नेता मोहन बस्नेतले गरे प्रतिवाद !

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री शिव कुमार मण्डलले सेयर बजार जुवा भएको अभिव्यक्ति दिएका छन् । प्राइम टाइम्स टेलिभिजनमा प्रशारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा उनले सेयर बजार जुवा भएको र यसको नेपालमा कुनै पनि औचित्य नरहेको टिप्पणी गरेका हुन् ।

‘मैले संसदमा कति माननियहरुले सेयर बजारका बारेमा कुरा गरेको सुनेँ । सेयर भनेको जुवा हो, उत्पादनमा लगाउनुपर्ने पूँजी सेयरमा लगाँउदा मुलुकको अर्थतन्त्र बर्बाद बनाउने सेयर बजार नेपालमा आवश्यक नै छैन । यो बन्द गर्नुपर्छ ।’ उनले टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा भनेका छन् ।

उनीसँगै अन्तरर्वातामा सहभागी नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले भने मण्डलको भनाईको खण्डन गर्दै सेयर बजारलाई जुवा भन्न नसकिने बताएका छन् । ‘यदि सेयर गलत हो भने राज्यले बन्द गर्नुपर्छ हैन सही हो राज्यलाई आवश्यक छ भने यसलाई व्यवस्थापन गर्ने उपाय खोज्नुपर्छ ।’ कार्यक्रममा उनले भनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: