×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वृद्धाभता नबढाएर उमेर घटाएकोप्रति पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको आपत्ति, बढाएर ५ हजार पुर्याउनु पर्ने धारणा !

GLOBAL IME BANK

वृद्धाभता नबढाएर उमेर घटाएकोप्रति पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको आपत्ति, बढाएर ५ हजार पुर्याउनु पर्ने धारणा !

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले ६८ वर्षमै वृद्धाभत्ता दिने निर्णयको विरोध जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलका क्रममा पाण्डेले वृद्धाभता नबढाएर उमेर घटाएकोमा आपति जनाएका हुन् ।

उनले बृद्धभत्ता दिने कार्य एमालेले नै गरेको भन्दै यसलाई बढाएर ५ हजार पुर्याउनु पर्ने धारणा राखे । पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए ।

उनले किसानले मल नपाउने अवस्था रहेकाले उक्त समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने बताए । त्यस्तै उहाले निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न अप्ठेरो हुने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: