×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बिग्रेर तंग्रिदै गरेको’ सूर्या लाईफ र ‘सुरु देखिनै चम्केको’ ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, पूँजी ५ अर्ब पुग्ने !

काठमाडौं । कुनै बेला कम्पनी नै अव रहन्छ कि रहन्न भन्ने स्थिति हो कि भन्ने स्थितिमा पुगेर पछि नयाँ व्यवस्थापन आएसँगै केहि तंग्रिएको बीमा कम्पनी सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र सुरुवाती कालदेखि नै चम्किरहेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति भएको छ । आइतबार होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी दुई कम्पनीले मर्जरमा जाने सहमति गरेका हुन् ।

उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ५५ करोड रुपैयाँ छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो तय गर्ने भनेको छ । तर अहिले नै कम्पनीहरुबीच १:१ स्वाप रेसियोमै मर्जर गर्ने प्रारम्भिक सहमति छ । अर्थात १:१ स्वाप रेसियो आउनेगरी डिडिएमा सेटिङ हुने निश्चित प्राय छ । नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयपनि भित्र भित्रै सबै टुंगिसकेको छ । यद्यपी कम्पनीले भने यी सबै कामबारे हाल कुनै निर्णय नभईसकेको बताएका छन् ।

केहि समय अगाडी प्राइमलाईफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सपनि मर्जरमा जाने निर्णय गरिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: