×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलक कोइरालाले बुधबार अनशन तोडेनन्, विहीबार पनि सम्भावना कम,’आतुर छु, तर उधारो सहमति मान्दिन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तिलक कोइरालाले बुधबार अनशन तोडेनन्, विहीबार पनि सम्भावना कम,’आतुर छु, तर उधारो सहमति मान्दिन’

Artha Sarokar

८ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धेरैको अनुमान थियो आज तिलक कोइरालाले अनशन तोड्छन् । कतिपय संचारमाध्यमले त उनले अनशन तोडिसके वा आज कन्फर्म तोड्छन् भनेर नै लेखे । अर्कोतर्फ प्रधानमन्त्रीले नै सचिवालयमार्फत अनशन तोडाउनेगरी सहमति गर्न धितोपत्र बोर्डलाई निर्देशनसमेत दिएका थिए । धितोपत्र बोर्ड सोहि अनुसार तातेको पनि थियो । तर तिलक कोइरालाले उधारो सहमति नमान्ने भनेपछि अन्तत: अनशन तोडिएन । कोइराला भन्छन्- ‘काइते पत्र लिएर आए । मैले अस्वीकार गरें । माग पूरा नहुन्जेल अनशन बस्छु । तर उधारो सहमति मान्दिन ।
कहाँ बिग्रियो कुरा ? भोलि पनि सम्भावना कम !
नेपाल धितोपत्र बोर्डका अध्यक्षले कोइरालाको अनशन टुंग्याउन र उनका मागहरुलाई सम्बोधन गर्न कार्यान्वयन समिति बनाउन आफु तयार भएको बताए । तर तिलक कोइरालाले समिति बनाएर होइन, कार्यान्वयनको निर्णय गरेर मात्र आफुले अनशन तोड्ने बताएपछि आज अनशन तोडिएन । उनले धितोपत्र बोर्डले ल्याएको पत्रलाई अस्वीकार गरी फिर्ता गरिदिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष अर्थ मन्त्रालयतर्फ लागे भने कर्मचारी घरतिर हिंडे । अगुवा भनिएका लगानीकर्ताका नेता पनि कता हिंडे, हिँडे । त्यसपछि अनशन तोड्ने कुनै सम्भावना नै रहेन ।
यसो त कोइरालाको अनशन तोडिने सम्भावना भोलि पनि कम छ । किनकि बोर्ड र कोइरालाको अडानबीच ठुलो ग्याप छ । बोर्ड अनशन तोडेर मात्र समिति बनाउने भनिरहेको छ भने कोइराला, आफ्ना मागको कार्यान्वयन गरेर मात्र अनशन तोड्ने अडानमा छन् । र त उनले अनशन तोड्ने सम्भावना भोलि पनि निकै कम छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी