×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको प्रश्न-‘१० दिनसम्म यति ठुलो आन्दोलन हुँदा कहाँ हरायो ‘नेपाल पूँजीजीबजार संघ’ नामको त्यो ‘झोले’ संगठन ?’

PRIME CA

लगानीकर्ताको प्रश्न-‘१० दिनसम्म यति ठुलो आन्दोलन हुँदा कहाँ हरायो ‘नेपाल पूँजीजीबजार संघ’ नामको त्यो ‘झोले’ संगठन ?’

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालको पूँजीबजार सुधारको माग गर्दै तिलक कोइराला आमरण अनशनमा बसे । १० दिन लामो आमरण अनशनपछि उनको अनशन तोडिएको छ । नेपाल धितोपत्र बोर्डले तिलक कोइरालाले उठाएका १९ बुँदा मागलाई कार्यान्वयन गर्नेगरी कार्यान्वयन समिति बनाएपछि उनले अनशन तोडेका हुन् । पछिल्लो समय गरिएको यो सबैभन्दा ठुलो र ऐतिहासिक आन्दोलनका रुपमा लिईएको छ ।

यो आन्दोलनका सुरुवाती दिनहरुमा सबैजसो लगानीकर्ता संगठनका नेताहरु आन्दोलनमा आए । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा सबैजसो लगानीकर्ताका नेताहरु आन्दोलनमा खटिएका पनि थिए । तर आन्दोलन ८ औँ दिनमा लाग्दै गर्दा धेरै लगानीकर्ता संगठन र तिनका नेताहरु आन्दोलनबाट भागे । धेरै लगानीकर्ताहरु आन्दोलनमा सहभागी नै भएनन् ।अहिले आमरण अनशन तोडिएपछि तीनै संगठनहरु यो आन्दोलनको जस लिन लागि परेका छन् । आफु आधिकारिक भएको भन्दै ती संगठनहरुले तिलक कोइरालाको नामसमेत उल्लेख नगरी विज्ञप्ति जारी गरेर जग हँसाएका मात्र छैनन्, लगानीकर्ताका लागि को साँचो अर्थमा नेता रहेछ भन्ने यथार्थ पनि देखाईदिएका छन् ।

यसैबीच लगानीकर्ताको आन्दोलनमा यति धेरै लगानीकर्ता, तीनका संगठन र संगठनका नेताहरु सहभागी हुँदा पनि संरक्षणा चौधरी नेतृत्वको नेपाल पूँजीबजार संघ नामको संघ भने गुमनाम बन्यो । सो संगठनका अध्यक्ष कतै पनि आन्दोलनमा देखिईनन् । न त सो संगठनका कोहि प्रतिनिधि नै आन्दोलनमा देखिए । र त आन्दोलनमा सहभागीहरुले आज नेपाल धितोपत्र बोर्ड परिसरमा सोधीरहे- ‘१० दिन लगानीकर्ताको यति ठुलो आन्दोलन हुँदा कहाँ हरायो नेपाल पूंजीबजार संघ नामको त्यो झोले संगठन ?’

लगानीकर्ताको आन्दोलनमा यो प्रश्न उठेपछि हामीले पनि सो संघकि अध्यक्षसँग फोन गर्ने प्रयास गर्यौं । तर उनीसँग सम्पर्क नै भएन । यसले लगानीकर्ताका संगठनका नाममा कसरी व्यक्ति हावी हुन्छन् र परेका बेला कसले काम गर्छ वा कसले काम गर्दैन भन्ने तथ्य स्पष्ट देखिएको छ । यसपाली लगानीकर्ताहरुले पनि कुन संगठन साँचो अर्थमा लगानीकर्ताको हो र कुन होइन भन्ने पनि बुझ्ने मौका पाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: