काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन् । उनका मागहरु सम्बोधन गर्न नियामक धितोपत्र बोर्ड तयार भएपछि अन्ततः उनले अनशन तोडेका हुन् ।
कोइराला बिगत १० दिनदेखि धितोपत्र बोर्ड परिसरमा अनशनरत थिए । कोइरालले जुस पिएर अनशन तोडेका हुन् । उनलाई धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनशन तोडाएका हुन् । अनशनका क्रममा उनको स्वास्थ्यस्थिति जटिल बनेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार नै कोइरालाका मागहरु पूरा गर्नेगरी सहमति गर्न सचिवालयमार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।
१० दिन लामो अनशन तोडेपछि तिलक कोइरालाले सबैलाई बधाई दिंदै सबैको जित भएको प्रतिक्रिया दिएका छन् । अनशन तोडिएपछि अहिले धितोपत्र बोर्ड परिसरमा खुसीयाली छाएको छ ।
ऐतिहासिक आन्दोलन तोडिदै गर्दा उपस्थितिहरु सबै भावुक भएका थिए । यता धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनशन स्थलमै रहेका सबैलाई सम्बोधन गर्दै आफु सहि कामका लागि सबै लगानीकर्ताको साथमै रहेको समेत बताएका छन् । ‘म राम्रो कामका लागि सधैं तपाईंहरुकै साथमा छु ।’ उनले भने । कोइराले अनशन तोडेको ऐतिहासिक क्षण तस्विरमा हेर्नुहोस् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्